भारतमा ३ वर्षभित्र परम्परागत विद्युत् मिटर हट्दै, नेपालमा कहिले

५ बर्ष अगाडि

काठमाडौं – भारतमा आगामी ३ वर्षभित्र देशभरका सबै विद्युत् मिटरलाई स्मार्ट मिटरमा परिवर्तन गरिने भएको छ । नेपालमा पनि त्यसको प्रक्रिया सुरु भएपनि काम भने हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रका सबै ग्राहकलाई पहिलो चरणमा समार्ट मिटर जडान गर्ने योजना अगाडि बढाएको भएपनि काम भने हुन सकेको छैन । ठेक्का प्रक्रियामा लामो समय समय लागेका कारण काम प्रभावित भएको प्राधिकरणले जनाएको छ । भारत सरकारले जडान गर्न लागेको स्मार्ट प्रिपेड मिटरमा ग्राहकले के कति मात्रा विद्युत् उपयोग गर्ने हो सोही अनुसारको बिल पहिल्यै तिनृ सक्छन् ।

स्मार्ट मिटरका  जडान भएपछि कागजी बिलको व्यवस्था गर्नुपर्ने अवस्थाको समेत अन्तय हुनेछ ।

भारतीय ऊर्जा मन्त्रालयकाअनुसार स्मार्ट मिटरले सबैभन्दा बढी फाइदा गरिब र कम आय भएका नागरिकलाई हुनेछ । यस्ते वितरण तथा प्रसारणमा हुने क्षति समेत कम हुनेछ । यस्तै वितरण कम्पनीको अवस्था समेत राम्रो हुनेछ । यस्तै ऊर्जा सुरक्षामा समेत त्यसले प्रोत्साहन दिनेछ । बिल भुक्तानीमा समेत सहज हुने विश्वास लिइएको छ ।

ऊर्जा मन्त्रालयले स्मार्ट मिटर गरिबको हितका लागि नै अगाडि बढाइएको बताएको छ । उनीहरुले हरेक महिना विद्युत्को बिल भुक्तान गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया