बंगालदेशमा पनि चम्किए सन्दीप

५ बर्ष अगाडि

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि चम्किएका छन् ।

आइतबार सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएका छन् । बिग ब्यास लिग क्रिकेटबाट बिचैमा छोडेर बंगलादेश प्रस्थान गरेका सन्दीपले आफ्नो पहिलो खेलमा कोमिला भिक्टोरियन्सविरुद्ध दुई विकेट लिन सफल भए ।

सन्दीपले पूरै चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेर दुई विकेट लिएका हुन् ।

सन्दीपले विकेट लिने क्रममा सोयब मलिकलाई १३ रनमा आउट गराए । त्यस्तै, सन्दीपले एनामुल हकलाई पाँच रनमा आउट गराएका थिए ।

टस हारेर ब्याटिङ गरेको सिलेट सिक्सर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२७ रन बनाएपछि कोमिला भिक्टोरियन्सले १२८ रनको चुनौती पाएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया