झापा–११ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

५ बर्ष अगाडि

पाँचथर–झापा–११ फिदिममाजारी दशौँफाल्गुनन्दगोल्डकप फुटवल प्रतियोगिताकोफाइनलमाप्रवेश गरेको छ ।
शुक्रवार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सरस्वतीयुथक्लब काठमाण्डौँलाई १–० गोल अन्तरले पराजितगर्दै झापाफाइनलमाप्रवेश गरेको हो । झापाकालागिकर्णलिम्बूले ५३ औँ मिनेटमा गोल गरे । लिम्बूको गोल नै झापाको जीतकालागिप¥याप्तबन्यो ।
निक्कै आक्रामक खेल खेलेको सरस्वतीले खेलको सुरुआतमाविपक्षीलाई दबावमा राखेपनिगोल गर्न भने सकेन् । उसले खेलको सुरुआती चरणमा पाएकातीन वटा कर्नरकाअवसरलाई गोलमा परिणत गर्न सकेन् । सरस्वतीकालागिविदेशी खेलाडी सोला, भिक्टोर र फ्रान्सिस् तथातीर्थ बस्नेतले पटक–पटक पाएकाअवसरलाई गोलमा परिणत गर्न सकेनन् । विदेशी खेलाडीका अधिकांशप्रहार बाहिरिएकाथिए । 
दोश्रो हाफमाक्रमशःआक्रामकबनेको झापाले गोल गरेसँगै विपक्षीमाथिदबाव बढाएको थियो । तर, उसले थपगोल गर्न भने सकेन् । झापा ११ सशस्त्रप्रहरी बललाई तथा सरस्वती सुनसरी–११लाई पराजितगर्दै सेमिफाइनलमापुगेकाथिए । खेलमाझापा–११ तीनतथा सरस्वतीकातीन खेलाडीलाई रेफ्रीले पहेँलो कार्ड देखाएकाथिए । शुक्रवारको खेलको म्यानअफदीम्याचझापाकादीलेन लोक्ताम घोषित भए । उनले दशहजार रुपैँया र मेडल प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत शनिवार हुने दोश्रो सेमिफाइनलमात्रिभुवनआर्मी क्लब र रोयल फुटबल क्लबदार्जिलिङवीचप्रतिस्पर्धा हुने आयोजकफिदिम स्पोर्टिङ क्लबका सचिवचन्द्रप्रकाश सुनुवारले जानकारी दिए । आर्मी आयोजकफिदिम स्पोर्टिङ क्लबलाई तथादार्जिलिङ मोरङ–११ लाई पराजितगर्दै सेमिफाइनलमापुगेकाहुन् । पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताफिदिम स्थित फिदिममाध्यमिकविद्यालयको खेल मैदानमा सञ्चालनभइरहेको छ । प्रतियोगितापुष ३० गते सम्पन्नहुनेछ । प्रतियोगिताको विजेताले चार लाख रुपैँयातथाउपविजेताले २ लाख रुपैँयाप्राप्तगर्ने आयोजकले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया