रानीवनमा किशोरको शब फेला

५ बर्ष अगाडि

ओखलढुंगको चम्पादेबी गाउँपालिका १० रानीवनमा एक किशोरको शब फेला परेको छ । लिखु गाउँपालिका र  चम्पादेवी गाउँपालिकाको सिमाना साविकको रानिबन ३ घ्याङ्ले खोलामा अन्दानी १६–१७ बर्षका देखीने एक किशोरको शब फेला परेको हो ।

मुख्य सडकखण्डबाट अन्दाजी २ सय मिटर तल शब फेला परेको स्थानीयवासी बिनोद गजुरेलले बताए । मृतक युवकको अनुहार छियाछिया भएकाले शव चिन्न मुस्किल परेको गजुरेलको भनाई छ । घटनाको प्रकृती हेर्दा युवालाई धारीलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने स्थानियको अनुमान छ ।

युवाकको अनुहार नै नचिनीने हुनाले उनको हत्या गरी फ्याकेको हुनसक्ने अर्का स्थानीय देव तामाङले वताए । बाटो मुनि युवकको शव देखेपछि स्थानियले प्रहरीलाइ खबर गरेका थिए । अहिले प्रहरी चौकी घोराखोरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगा प्रहरी नावय उपरिक्षक पुष्पराज मल्लले भने जिल्लाबाट थप टोली परिचालन भैसकेकाले अनुसन्धानपछि मात्रै थाहा हुने बताए । घटना शनिबार राती भएको अनुमान गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया