सीआईटीको संस्थापक सेयर बिक्रीमा

आइतबार, ०७ माघ २०८०, १० : ५४

काठमाडौँ- एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । कम्पनीको ५० हजार कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७८० रुपैयाँ निर्धारण गरिएको छ ।  

 
इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले थापाथलीमा रहेको एनआईशी एशिया क्यापिटलको कार्यालय र विराटनगरmविरगंज,पोखरा,बुटवल,धनगढी र विरेन्द्रनगरमा रहेका शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । उक्त बोलपत्रमा आफुले लिन चाहेको सेयर संख्या र प्रति कित्ताको दर उल्लेख गुर्नपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी माघ १५ गते तोकिएको छ । 

आइतबार, ०७ माघ २०८०, १० : ५४

प्रतिक्रिया