एक कम्पनीको संस्थापक सेयर बिक्रिमा

आइतबार, ०७ माघ २०८०, १७ : १६

काठमाडौँ - एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । संस्थाको ७५ हजार ३०५ कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । 
 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ ।  इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले थापाथलीमा रहेको एनआईशी एशिया क्यापिटलको कर्पोरेट कार्यालय र विराटनगर, विरगंज,पोखरा,बुटवल,धनगढी र विरेन्द्रनगरमा रहेका शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । उक्त बोलपत्रमा आफुले लिन चाहेको सेयर संख्या र प्रति कित्ताको दर उल्लेख गुर्नपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी माघ १५ गते तोकिएको छ ।

आइतबार, ०७ माघ २०८०, १७ : १६

प्रतिक्रिया