अपर तामाकोशीले सार्वजनिक गर्यो कट अफ भाउ

आइतबार, ०७ माघ २०८०, १७ : ४२

काठमाडौँ - अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको कट अफ भाउ सार्वजनिक भएको छ । प्रारम्भिक विवरण अनुसार यसमा न्यूनतम प्रतिकित्ता १४६ रुपैयाँसम्म तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् ।

बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटलका अनुसार अन्तिम नतिजा आउन बाँकी रहेको जनाएको छ । यस भाउमा सामान्य मात्र तलमाथि हुन सक्ने बिक्री प्रबन्धकले जनाएको छ ।

हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

आइतबार, ०७ माघ २०८०, १७ : ४२

प्रतिक्रिया