दोहोरो अंकले घट्यो नेप्से

सोमबार, ०८ माघ २०८०, १५ : २१

काठमाडौँ - कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४९ अकंले घटेर २०९८.६९ बिन्दुमा बन्द भएको छ । आज ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । 

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीहरुले सर्वाधिक गुमाए

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ७८ करोड ६३ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ३१ करोड १ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै आज अपी पावर कम्पनीको २४ करोड २७ लाख ३२ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोड २१ लाख ३८ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सेयर बजारमा गिरावट आउँदा अपर स्याङ्गे हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, मिड सोलु हाइड्रोपावरको ९.४६ प्रतिशत, आशा लघुवित्तको ६.६९ प्रतिशत, ङादी ग्रुप पावरको ३.८१ प्रतिशतले सेयर मूल्य बढेको छ ।


  
सोमबार १२ उपसूचक राताम्य भएका छन् । आज ब्यापार समूह मात्र ०.३५ प्रतिशतले बढेको हो । आज बैंकिङ समूहको १.११ प्रतिशत, विकास बैंक समूहको १.५४ प्रतिशत, फाइनान्स समहको १.७८ प्रतिशतले सेयर मूल्य घटेको हो ।

सोमबार, ०८ माघ २०८०, १५ : २१

प्रतिक्रिया