८२ ब्रोकर र दुई स्टक डिलरले गरे सदस्यता नवीकरण

मंगलबार, ०९ माघ २०८०, १२ : ५२

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्जको सदस्यता पाएका ८२ ब्रोकर र दुई स्टक डिलरले आर्थिक वर्ष २०८०/८१ का लागि सदस्यता नवीकरण गरेका छन् ।

नेप्सेले एक सूचना जारी गर्दै असोज मसान्तसम्म ती ब्रोकर कम्पनी र स्टक डिलरले सदस्यता नवीकरण गरेको जानकारी दिएको छ । सदस्यता नवीकरण गर्ने ब्रोकरमध्येमा ५० पुराना ब्रोकर र ३२ नयाँ ब्रोकर कम्पनीहरु रहेका छन् ।

यसैगरी सदस्यता नवीकरण गर्ने स्टक डिलर कम्पनीमा नागरिक स्टक डिलर र नबिल स्टक डिलर रहेका छन् ।

मंगलबार, ०९ माघ २०८०, १२ : ५२

प्रतिक्रिया