कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा : कसले दिन पाउछन् आवेदन ?

बुधबार, १० माघ २०८०, ०९ : ०५

काठमाडौँ - कुमारी बैंक लिमिटेडले  आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयर धनीको नाममा रहेको १ हजार ६३० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

 यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयर धनीले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जानकारी दिएको छ । इच्छुक संस्थापक सेयर धनीहरूले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्। 

संस्थापक सेयर धनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकको जानकारी छ ।  

तोकिएको समयभित्र संस्थापक सेयर धनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकको जानकारी छ । 
 

बुधबार, १० माघ २०८०, ०९ : ०५

प्रतिक्रिया