काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १०.२५ अंकले घटेर २०८८ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा २ वटा उपसूचकमा मात्र हरियाली छाएको छ ।
सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
उक्त दिन तेहूथुम पावर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो । त्यस्तै, एनएमबि माएक्रोफाइनान्सको ६.२० प्रतिशत, सिवाइसी लघुवित्तको ५.१४ प्रतिशत, कामना सेवा किास बैंकको ३.८३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड १५ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १३ करोड ५ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन अरुण काबेली पावरको १३ करोड ५५ लाख २५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड १० लाख १८ हजार रुपैयाँ र अपी पावर कम्पनीको १० करोड ८४ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो ।
आज सकरात्मक सर्किट लागेका कम्पनीहरु
त्यस्तै आज सेयर बजारमा गिरावट आउँदा चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य १०१० प्रतिशतले बढेको छ । त्यसैगरी, गुराँस लघुवित्तको ६.०८ प्रतिशत, समाज लघुवित्तको ६.०८ प्रतिशत, श्रीजनशील लघुवित्तको ५.३२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया