काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । इन्स्योरेन्सले उक्त साधारण सभा प्रयोजनार्थ माघ १४ गते बुकक्लोज गर्ने भएको छ ।
जस अनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । सभाले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
इन्स्योरेन्सले तीसौँ वार्षिक साधारण सभा माघ २५ गते, बिहीबार,बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा आह्वान गरेको छ।
प्रतिक्रिया