१ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्दै सिंगटी हाइड्रो इनर्जी कम्पनी

विहीबार, ११ माघ २०८०, ०९ : २७

काठमाडौं - सिंगटी हाइड्रो इनर्जी कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

फागुन २ गतेदेखि कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। 

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरेको छ ।त्यसको अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने कम्पनीले जनाएको छ । 

आवेदनकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। हकप्रद सेयरमा कुमारी क्यापिटल र कुमारी बैंकको तोकिएका शाखाबाट आवेदन दिन सकिनेछन् ।

विहीबार, ११ माघ २०८०, ०९ : २७

प्रतिक्रिया