आईपीओ निष्काशन गर्दै पुवा खोला–वान

विहीबार, ११ माघ २०८०, ११ : ३२

काठमाडौं- पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्नको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एलएस क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता सेयर निष्काशन गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ ।

विहीबार, ११ माघ २०८०, ११ : ३२

प्रतिक्रिया