नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

विहीबार, ११ माघ २०८०, १६ : २४

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेप्सेले सिटिजन हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८.६३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६०७ रुपैंया ५७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार ६६० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

विहीबार, ११ माघ २०८०, १६ : २४

प्रतिक्रिया