काठमाडौँ- आज बिहीबार फागुन ३ गते एनएलजी इन्सुरेन्सको १८औं वार्षिक साधारण सभा बस्दै छ।
सभा,आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुने इन्सुरेन्सको जानकारी छ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ।
यस्तै,आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि समावेश भएको छ।आर्थिक वर्ष २०८०–८१ को लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, माघ २४ गतेसम्म कायम रहेका शेयर धनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
प्रतिक्रिया