सेयर बजारमा भारी गिरावट, अन्य उपसुचक कस्तो ?

विहीबार, ०३ फागुन २०८०, १५ : २७

काठमाडौँ- साताको अन्तिम कारोबारको दिन सेयर बजार आज दोहोरो अकंले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अकंले घटेर २०६०.८८ बिन्दुमा बन्द भएको छ । आज ३०५ कम्पनीको १ करोड ११ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहिबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५७ प्रतिशत, विकास बैंक समूहको १.४० प्रतिशत, फाइनान्स समूहको २.७१ प्रतिशतले सेयर मूल्य घटेको हो । 

आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 
आज कारोबार खुम्चिदै ३ अर्ब ७८ करोड ५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सगरमाथा जलविद्युतको ११ करोड ५९ लाख रुपैयाँ, जोशी हाइड्रोपावरको १० करोड ७५ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर सर्किट लागेका कम्पनीहरु 
आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको हो ।

त्यसैगरी, यस दिन छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट, बलेफी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र पाँचथर पावर कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनीहरु 
आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५।७० प्रतिशतले घटेको हो ।

त्यसैगरी, आजको दिनमा प्रोग्रेसिभ फाइनान्स, महुली लघुवित्त, रिभर फल्स पावर, हिमालयन पावर पार्टनर, पिपुल्स पावर लिमिटेड, दोर्दी खोला जलविद्युत कम्पनी, समृद्धि फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य सर्वाधिक घटेको छ ।

 

विहीबार, ०३ फागुन २०८०, १५ : २७

प्रतिक्रिया