काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा सानिमा माइ हाइड्रोपावरको १० प्रतिशत बोनस बापतको ३० लाख ८९ हजार २५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस बापतको ७२ लाख ५८ हजार १८० कित्ता बोनस सेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् दुवै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया