काठमाडौं - आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ७ लाख ६६ हजार ५९३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको मूल्य तोकिएको छैन । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।
प्रतिक्रिया