कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना ६ जनाको मृत्यु

१ महिना अगाडि

काठमाडौँ । आज बिहान ५ बजे कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको छ । 

बस नदीमा खस्दा  छ जनाको ज्यान गएको छ । ३३ जना यात्रुको भने जीवितै उद्धार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोक मार्गमा बस दुर्घटनामा परेको हो।

 उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन टारबाट इन्स्पेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली र स्थानीयको सहयोगमा उद्धार भइरहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी  शैलेन्द्र थापाले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
 

१ महिना अगाडि

प्रतिक्रिया