काठमाडौँ - टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका लागि नेपालबाट ९ जना बालबालिका छनौट गरिएको छ । टोयोटाले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा सिण्डिकेन्टका प्रतिनिधि प्रशान्त खत्रीले नेपालबाट टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा विश्व प्रतिष्पर्धाका लागि ९ जना छनोट गरिएको र उनीहरुलाई जापान विश्वस्तरको प्रतिष्पर्धाका लागि जापान पठाइने बताए ।
युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले तीन क्याटोगरीमा सात वर्षसम्म, ८ देखि ११ र १३ देखि १५ वर्षसम्मा विभाजन गरी तीन क्याटोगरीबाट समान ३-३ जना छनोट गरेको हो । आर्ट कन्टेस्टमा एउटा सात वर्ष सम्मको क्याटोगरी, अर्को ८ देखि ११ र १३ देखि १५ वर्ष सम्मको तीन वटा क्याटोगरी रहेको छ । “यसको कन्सेप्ट साना बालबालिकाहरूको लागि एउटा ड्रिम कन्सेप्ट कार हुन्छ भन्ने हिसावले आर्ट कन्टेस्ट गरिएको हो । तीन वटा क्याटोगरीबाट ९ जना छनोट भएका छन्। । यसमा ८ सय बढी बालबालिकाहरूले सहभागिता रहेका छन् । ७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा नेपालमा ८ सय बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए । यसले साना बालबालिकाहरूको लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुनेछ । भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पुर्याउने टोयोटाले अपेक्षा राखेको छ । सन् २००४ देखि टोयोटाले आफनो सामाजिक उत्तरदायित्वअन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ । १७ औँ टोयटा ड्रिम कार आर्ट कन्टेस्ट नेपालमा मात्र नभइ विश्वभर आर्ट । यो गत वर्ष ९० वटा देशबाट लगभग ८ लाख सहभागी भएका थिए ।
प्रतिक्रिया