एचआइडीसीएलको संस्थापक सेयर बिक्रीमा

आइतबार, १८ चैत्र २०८०, १२ : ०३

काठमाडौँ - हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को संस्थापक सेयर कम्पनीले पौने २ करोड बढि कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने ल्याएको छ । 

कम्पनीले संस्थापक सेयरधनी समूह क उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले जारी गरेको सूचना अनुसार कम्पनीले आगामी चैत्र २५ गते देखि लिलामी खुलाउने जनाएको छ । यस लिलाममा जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बालकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू नयाँ बानेश्वर, विर्तामोड, विराटनगर,जनकपुर, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरूमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति आगामी वैशाख ९ गते तय गरिएको छ  ।

आइतबार, १८ चैत्र २०८०, १२ : ०३

प्रतिक्रिया