काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार १७.३० अंकले घटेर २०१८ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा कारोबार भएको आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।
नकारात्मक सर्किट लागेका कम्पनीहरु
आज सर्वोत्तम सिमेन्टको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यसैगरी, बोटलर्स नेपाल (बालाजु) को ७.६४ प्रतिशत सिवाइसी नेपाल लघुवित्तको ५.८२ प्रतिशत, समाज लघुवित्तको ५.७७ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ५.३३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड ६८ लाख ९३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १२ करोड ५६ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन शिभम् सिमेन्टको ११ करोड ५५ लाख १७ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ९ करोड ५८ लाख ५२ हजार रुपैयाँ र रिभर फल्स पावरको ९ करोड ८८ हजार रुपैयाँको कारोबार भएको हो ।

सकारात्मक सर्किट लागेका कम्पनीहरु
आज मायाखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, गरिमा डिबेञ्चरको ८.०८ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ७.७४ प्रतिशत, र ज्योति विकास बैंक बन्डको ७.५३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ७.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया