काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
आइतबार कम्पनीको ५.४२२२ प्रतिशत बोनस शेयर समायोजन भएको थियो । नेप्सेले आइतबारको अन्तिम कारोबारलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।
आइतबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ७०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजनपश्चात् कम्पनीको शेयर मूल्य ६६४ रुपैयाँ कायम भएको छ । यही मूल्यलाई आधार मानेर आज सोमबारदेखि यस कम्पनीको कारोबार खुल्नेछ ।
प्रतिक्रिया