काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार ६.२६ अंकले घटेर २०१२ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११ वटा उपसूचक राताम्मै भएको छ ।
नकरात्मक सर्किट लागेका कम्पनीहरु
आज रिभर फल्स पावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी, हिमालयन हाइड्रोपावरको ६.२७ प्रतिशत अपर लोहरेखोला हाइड्रोपावरको ६.१७ प्रतिशत, धौलागिरी लघुवित्तको ५.७३ प्रतिशत, एनआइसी एशिया ग्रोथ फण्डको ३.५६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
सर्वाधिक कारेबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ४७ करोड २९ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ११ करोड २३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन गुर्खाज फाइनान्सको ९ करोड ९९ लाख ७१ हजार रुपैयाँ, पिपुल्स पावर लिमिटेडको ५ करोड ७९ लाख ४१ हजार रुपैयाँ र मायाखोला हाइड्रोपावरको ५ करोड ६० लाख १६ हजार रुपैयाँको कारोबार भएको हो ।
सकारात्मक सर्किट लागेका कम्पनीहरु
आज गुराँस लघुवित्त र मायाखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य १० र१० प्रतिशतले बढेको छ । त्यसैगरी, महुली लघुवित्तको ९.४४ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ७.२५ प्रतिशत, र प्रभु बैंक डिबेञ्चरको ६.३४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया