साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बोलाया वार्षिक साधारण सभा

मंगलबार, २० चैत्र २०८०, ०८ : ४७


काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चैत २३ गते शुक्रबारका दिन वार्षिक साधारण सभा बोलाएको छ।

सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । आर्थिक वर्ष २०७९–८० को लागि सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन हुनेछ।

नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा पनि छलफल हुनेछ ।साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गरिसकेको छ।, चैत ८ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । 

मंगलबार, २० चैत्र २०८०, ०८ : ४७

प्रतिक्रिया