काठमाडौँ- साताको कारोबारको तेस्रो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ ।आज बजार १.८५ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ७ वटा उपसूचक राताम्मै भएको छ ।
सर्वाधिक सेयर मुल्य घटेका कम्पनीहरु
उक्त दिन ज्योति विकास बैंक बन्ड २०८७को सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.५० प्रतिशतले घटेको छ । त्यसैगरी, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.२८ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ४.९४ प्रतिशत, मायाखोला हाइड्रोपावरको ४.२६ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ४.१९ प्रतिशतले सेयर मूल्य घटेको छ ।
सर्वाधिक सेयर मुल्य बढेका कम्पनीहरु
आज गुराँस लघुवित्त र गणपति लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य १० र ९.९५ प्रतिशतले बढेको छ । त्यसैगरी, उपकार लघुवित्तको ८.६४ प्रतिशत, विन नेपाल लघुवित्तको ६.९४ प्रतिशत, र स्वाभिमान लघुवित्तको ६.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।
सर्वाधिक कारोबार गर्ने टप कम्पनीहरु
आज सबैभन्दा बढी गुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ९८ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सर्वोत्तम सिमेन्टको शिभम् सिमेन्टको ९ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै तारागाउँ रिजेन्सी होटलको ७ करोड ४८ लाख १३ हजार रुपैयाँ, एनआइएमबि डिबेञ्चर २०९०को ६ करोड २ लाख २७ हजार रुपैयाँ र सुर्यज्योति लाइफ इन्स्योरेन्सको ५ करोड ५४ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया