काठमाडौँ - सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९\८० का लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश बाँड्ने भएको हो । यसैगरी बैठकले बैठकले वैशाख १२ गते रुपन्देहीको सिद्धार्थनगर स्थित होटेल सिद्धार्थ भिलासामा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो ।
कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ चैत ३० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत २९ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया