काठमाडौँ- साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार बजार ३.४३ अंकले घटेर २००६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १० वटा उपसूचक राताम्मै भएको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी सुर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड ८० लाख ५९ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सर्वोत्तम सिमेन्टको शिभम् सिमेन्टको १२ करोड ६७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन गुर्खाज फाइनान्सको ११ करोड ७७ लाख ५४ हजार रुपैयाँ, शिभम् सिमेन्टको ९ करोड ३ लाख ८५ हजार रुपैयाँ र सोनापुर मिनरल्सको ५ करोड ९२ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

सकारात्मक सर्किट लागेका कम्पनीहरु
आज गुराँस लघुवित्त, विन नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
त्यसैगरी, गणपति लघुवित्तको ८.३९ प्रतिशत, श्रीजनशील लघुवित्तको ७.६९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया