काठमाडौं - युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको यही चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा, कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सुरु गरिने भएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन। तर, चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश गर्नेछ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत ६ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन पाउनछन् । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया