सेयर बजारमा सामान्य गिरावट, अन्य उपसुचक कस्तो ?

विहीबार, २२ चैत्र २०८०, १५ : २१

काठमाडौँ- कारोबार साताको अन्तिम दिन शेयर बजार २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि बुधबारको तुलनामा कारोबार रकम भने सामान्य रुपले बढेको छ ।

नकारात्मक सर्किट लागेका कम्पनीहरु
आज पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७.२४ प्रतिशतले घटेको हो । त्यसैगरी, सर्वोत्तम सिमेन्टको ५.८५ प्रतिशत, रिभर फल्स पावरको ४.०९ इमर्जिङ नेपालको ३.४६ प्रतिशत र तेह्रथुम पावरको ३.३१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

झिनो अंकले घट्यो सेयर बजार, यी कम्पनीले सर्वाधिक गुमाए

सर्वाधिक कारोबार गर्ने कमपनीहरु
आज सबैभन्दा बढी गुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ३२ लाख ९१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १८ करोड ३८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख ७१ हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड २३ लाख ४ हजार रुपैयाँ र सोनापुर मिनरल्सको ६ करोड २ लाख ९३ हजार रुपैयाँको कारोबार भएको हो ।

सकारात्मक सर्किट लागेका कम्पनीहरु
आज मनकामना स्मार्ट लघुवित्त, मानुषी लघुवित्त र गुराँस लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, तारागाउँ रिजेन्सी होटलको ९.९० प्रतिशत, विन नेपाल लघुवित्तको ९.२१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

विहीबार, २२ चैत्र २०८०, १५ : २१

प्रतिक्रिया