आज सेयर बजार र बैंक–वित्तीय संस्था बन्द रहने

सोमबार, २६ चैत्र २०८०, ०७ : ४८

काठमाडौं । घोडेजात्राको अवसर पारेर सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएका छ । उक्त अवसरमा आज सेयर बजार बन्द हुने भएको छ । 

आज चैत २६ गते सोमबार सेयर कारोबार नहुने भएको छ । केन्द्रीय राजधानी काठमाडौं रहेको सेयर बजार सञ्चालक नेप्से कार्यालय समेत बन्द रहने छ । साथै, काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

अब सेयर बजार मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ । आइतबार बजार २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको थियो।  घोडेजात्राको अवसरमा आज उपत्यका विशेष कार्यक्रम गरि मनाईने भएको छ । 

सोमबार, २६ चैत्र २०८०, ०७ : ४८

प्रतिक्रिया