सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्दै

सोमबार, २६ चैत्र २०८०, १४ : ३०

काठमाडौं - सर्वोत्तम सिमेन्टले सेयरधनीहरुलाई  गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश वितरण सहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ । अब आगामी साधारण सभाले पारित गरेपछि यो लाभांश वितरण गर्ने संस्थाले जनाएको हो । साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

सोमबार, २६ चैत्र २०८०, १४ : ३०

प्रतिक्रिया