नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत

सोमबार, २६ चैत्र २०८०, १६ : २९

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

आज नेप्सेमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडको २ लाख ७९ हजार ३१७.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षका लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।

सोमबार, २६ चैत्र २०८०, १६ : २९

प्रतिक्रिया