२ कम्पनीको वार्षिक साधारण सभा बस्दै, दुवै कम्पनीको सेयर धनीको हात खाली

२ हप्ता अगाडि

काठमाडौँ । चैत २७ गते मङ्गलवारका दिन २ कम्पनीको वार्षिक साधारण सभा बस्दै छ। यस दिन साधारण सभा बस्नेमा सगरमाथा लुम्बिनी इन्सुरेन्स र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन्।

यी दुवै कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन्। सगरमाथा लुम्बिनी इन्सुरेन्सको सभा अमृत भोग कालिका स्थान, काठमाडौँमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ। 

साधारण सभाले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ। सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ।

साथै, साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ। यस कारण लाभांश पाउन चैत १२ गतेसम्म सेयर धनी कायम भइसकेको हुनुपर्नेछ। यता, ग्रीन डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ। 

सभामा शेयर धनीलाई ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। यस्तै, २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरू छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ। सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया