सेयर बजारमा सुधार, कारोबार रकम ४ अर्ब माथि

४ हप्ता अगाडि

काठमाडौँ- सेयर बजारमा आज सुधार आएको छ । मंगलबार बजार ९.१९ अंकले बढेर २०३६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।

९ अंकले बढ्यो सेयरबजार, कारोबार रकम ४ अर्बमाथि

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ८ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १६ करोड ५ लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४५ लाख ५५ हजार रुपैयाँ, नेपाल फाइनान्सको १५ करोड ३६ लाख २१ हजार रुपैयाँ र पोखरा फाइनान्सको १० करोड ४६ लाख ४२ हजार रुपैयाँको कारोबार भएको हो ।

सकारात्मक सर्किट लागेका कम्पनीहरु
जानकी फाइनान्स कम्पनी, नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, इमर्जिङ नेपालको ८.४५ प्रतिशत, प्रभु स्मार्ट फण्डको ८.३० प्रतिशतले सेयर मूल्य बढेको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया