सेबोनको अध्यक्ष पदका लागि सर्टलिष्टमा परेका आवेदकलाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी

४ हप्ता अगाडि

काठमाडौँ- धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सर्टलिष्टमा परेका ५ जना आवेदकलाई कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी भएको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले सर्टलिष्टमा परेका ५ जना चैत २९ गते बिहिबार कार्ययोजना प्रस्तुत गर्न बोलाउने तयारी गरेको हो ।  
समितिले प्रस्तुतीका आधारमा ५ जनाबाट ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा पठाउनेछ । पाँचै जनाको प्रस्तुती मूल्यांकन गरिसकेपछि सोहि दिन नै ३ जनाको नाम मन्त्रीपरिषदमा पठाउने तयारी समेत भईरहेको छ ।  

यसरी सिफारिस समितिले पठाएको ३ जनामध्येबाट मन्त्रीपरिषदको बैठकले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्नेछ । सोहि दिन मन्त्रीपरिषदको बैठक बस्दैछ । योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिष्टमा समावेश गरेको थियो । 
 

४ हप्ता अगाडि

प्रतिक्रिया