धितोपत्रबोर्ड अध्यक्ष ‘सर्टलिस्ट’का ५ प्रतिस्पर्धीले भोली कार्ययोजना प्रस्तुत गर्ने

३ हप्ता अगाडि

काठमाडौँ । नेपाल धितो पत्र बोर्ड अध्यक्षका लागि ‘सर्टलिस्ट’मा परेका ५ जनाले चैत २९ गते (भोली) बिहीबार आफ्ना कार्य योजना प्रस्तुत गर्ने भएका छन् ।

अध्यक्ष छनोट समितिले बिहीबार कार्य योजना प्रस्तुत गर्न प्रतिस्पर्धामा परेका ती ५ जनालाई बोलाएको छ। ५ जनाको कार्य योजना मूल्यांकन गरी उत्कृष्ट ३ जनाको नाम छनोट समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने छ। 

मन्त्रिपरिषद्मा सिफारिस भएका तीनमध्ये १ जनालाई अध्यक्ष नियुक्त गरिने छ । कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम ‘सर्टलिस्ट’मा परेको छ।

३ हप्ता अगाडि

प्रतिक्रिया