सेयर बजारमा सुधार , अन्य सुचक कस्तो ?

३ हप्ता अगाडि

काठमाडौँ- आज चैत २८ गते बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार बजार १०.७१ अंकले घटेरर २०२५ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११ वटा उपसूचकमा राताम्मै भएको छ । उक्त दिन सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, एनआइसी एशिया सेलेक्ट फण्डको ६.४३ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ५.६८ प्रतिशत, सबैको लघुवित्तको ५.५० प्रतिशतले सेयर मूल्य घटेको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ५४ लाख ८८ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको ११ करोड १२ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन नेपाल फाइनान्सको ९ करोड ७७ लाख ४१ हजार रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ७६ लाख ९ हजार रुपैयाँ र नेपाल रिइन्स्योरेन्स कम्पनीको ८ करोड ५८ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

सर्वाधिक कमाउने कम्पनीहरु
आज मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९।६९ प्रतिशतले बढेको हो । त्यसैगरी, खानीखोला हाइड्रोपावरको ८.२६ प्रतिशत, गुराँस लघुवित्तको ७.७३ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ६.८३ प्रतिशत, पोखरा फाइनान्सको ६.६२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया