खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान अस्तव्यस्त

२ हप्ता अगाडि

काठमाडौँ - बिहीबार दिउँसो करिब ३ बजेदेखि बिग्रिएको मौसमका कारण राष्ट्रिय (डोमिस्टिक) तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) कन्ट्रोल रुमका अनुसार खराब मौसमकाबिच तीव्र हावा चलेका कारण बाहिरबाट आएको जहाज ल्यान्ड (अवतरण) गर्न सकिरहेको छैन भने केही जहाज अन्यत्र डाइभर्ट भएका छन् ।  सूचना अनुसार इन्डिगो जहाज दिल्ली डाइभर्ट भएको छ भने चाइना स्टर्न ढाका डाइभर्ट भएको छ । 

यस्तै, ४ बजेका लागि ल्यान्ड गर्न खोजेको भिस्टारा एयर करिब सवा घण्टादेखि आकाशमा नै होल्ड भएको छ भने कतार एयरवेजको जहाज समेत एक घण्टादेखि आकाशमा नै होल्ड भएको छ । टीआईए कन्ट्रोल रुमकाअनुसार कतार एयरले ४ः२५ बजे ल्याण्डिङको अनुमति माग गरेको थियो । यस्तै यता डोमेस्टिक उडानतर्फ पनि तीव्र हावाका कारण उडान अवतरण प्रभावित हुन पुगेको टीआईए कन्ट्रोल रुमले  जानकारी दिएको छ । तथापि, विमानस्थलको भिजिबिलिटी भने सामान्य नै रहेको जानकारी प्राप्त भएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया