आईपीओ प्रिमियममा निष्काशन गर्दै एक कम्पनी

३ हप्ता अगाडि

काठमाडौं- सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। सोही प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको छ।

सभा बैशाख १५ गते, शनिबार, बेलुका ४ बजे आफ्नो रजिष्टर्ड कार्यालयमा बोलाएको हो। सभाले प्रिमियममा शेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रका दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया