एक बैंकको संस्थापक सेयर बिक्रीमा

३ हप्ता अगाडि

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ४२ हजार ९८२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले काठमाडौं बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।

३ हप्ता अगाडि

प्रतिक्रिया