प्री ओपन सेसनमा नेप्से परिसूचक स्थिर

आइतबार, ०२ बैशाख २०८१, ११ : ५५

काठमाडौं - नयाँ वर्षको पहिलो साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक २०२५.७० विन्दुमा रहेको छ।

अघिल्लो कारोबार दिन बुधबार १०.७१ अंकले घटेर नेप्से २०२५.७० विन्दुमा बन्द भएको थियो। सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंकले घटेको छ। यो समयमा ३१ स्क्रिप्सको ५ हजार ५३८ कित्ता सेयर १८ लाख ९१ हजार ६४१ रुपैयाँमा खरिद बिक्री भयो। प्री ओपसन सेसनमा १० स्क्रिप्सको मूल्य बढ्दा १९ वटाको मूल्य घट्यो भने २ को मूल्य स्थिर रह्यो।

आइतबार, ०२ बैशाख २०८१, ११ : ५५

प्रतिक्रिया