अर्घाखाँची सिमेन्ट आईपीओ निष्कासन गर्दै

आइतबार, ०२ बैशाख २०८१, १७ : ५७

काठमाडौं - अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौतापत्र आज एनएमबि क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जानकारी दिएको छ । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा अर्घाखाँची सिमेन्टका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आइतबार, ०२ बैशाख २०८१, १७ : ५७

प्रतिक्रिया