बाग्मती प्रदेशको ८० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपनाको समस्या

२ हप्ता अगाडि

काठमाडौँ - बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या पाइएको छ । 

माटो तथा मल परीक्षण प्रयोगशाला बाग्मती प्रदेश हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या देखिएको हो । प्रदेशमा माटो परीक्षणका क्रममा ५० प्रतिशतमा प्राङ्गारिक पदार्थको कमी, वर्षाको पानी, माटो बन्ने पैतृक चट्टान र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिए । काठमाण्डौ उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू– काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उनले बताए  । 

२ हप्ता अगाडि

प्रतिक्रिया