नेप्सेमा दोहोरो अङ्कले गिरावट

२ हप्ता अगाडि

काठमाडौँ - साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ ।

आज बजार १६.८२ अंकले घटेर २००६ को विन्दुमा कायम हुन पुगेको हो  । नेप्सेमा कारोबार भएको आज ३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १३ वटै उपसूचकमा राताम्मै भएको छ।  गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, खानीखोला हाइड्रोपावरको ७.४३ प्रतिशत, निफा्र उर्जा रिणपत्रको ७.११ प्रतिशत, मान्डु हाइड्रोपावरको ६.०१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

आज सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ६३ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिवाइसी नेपाल लघुवित्तको ७ करोड ७० लाख २३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।त्यस्तै उक्त दिन सानमिा माइ हाइड्रोपावरको ६ करोड ९१ लाख ८८ हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड ५० लाख ९९ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ६ करोड ३१ लाख ८५ हजार रुपैयाँको कारोबार भएको हो 

 

२ हप्ता अगाडि

प्रतिक्रिया