वाइवाइ भारतीय सेयर बजारमा सूचीकृत हुँदै

२ हप्ता अगाडि

काठमाडौं - अर्बपति विनोद चौधरीको वाइवाइ चाउचाउ उत्पादन गर्ने कम्पनी भारतीय सेयर बजारमा सूचीकृत हुने तयारीमा लागेको छ । 

चौधरी ग्रुपको भारतीय फुड (खाद्य) युनिटले भारतीय सेयर बजारमा सन् २०२६ सम्म आईपीओ जारी गर्ने तयारी गरेको हो । गुडगावमा आधारित कम्पनीले भारतीय बजारका लागि वाइवाइ उत्पादन गर्छ । वाइवाइले भारतमा नेस्ले लिमिटेडको माग्गी र आईटीसीको यिप्पी चाउचाउसँग प्रतिस्पर्धा गर्छ । सीजी फुड्स इन्डियाका ग्लोबल प्रमुख कार्यकारी अधिकृत  (सीईओ) मानवेन्द्र शुक्लाले आउँदो दुई वर्षमा नयाँ उत्पादन बजारमा ल्याउँदै कम्पनी आईपीओ जारी गर्ने आकारमा कम्पनी पुग्ने बताएका छन् ।

शुक्लाले भनेका छन्, “हामीसँग केही छ, जुन बजारमा अझै नक्कल भएको छैन ।” वार्षिक ८ अर्ब भारतीय रुपैयाँ आम्दानी रहेको सीजी फुड्स इन्डियाको चाउचाउ बजारमा २८ प्रतिशत हिस्सा रहेको ब्लुमबर्गमा प्रकाशित समाचारमा उल्लेख छ । आईपीओ जारी गर्ने विषय अहिले सुरुवाती चरणमा रहेको शुक्लाले बताएका छन् । उनका अनुसार यस वर्ष १५ प्रतिशत आम्दानी बढाउने लक्ष्य कम्पनीको छ ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया