पेट्रोल, डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढ्यो

१ हप्ता अगाडि

काठमाडाैं - नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ। काठमाडौं उपत्यकामा पेट्रोल १ ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान १६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यसैगरी, तराईमा पेट्रोल १७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल समान एक सय ५८ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोल एक सय ७७ र डिजेल तथा मट्टीतेल समान १६० रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ ।

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिददर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर  आएको निगमले जनाएको छ । 
आइओसीले प्रत्येक १५–१५ दिनमा निगमलाई नयाँ खरिद दर पठाउने गरेको छ । नयाँ खरिद दरमा आएको परिवर्तनअनुसार निगमले नेपाली बजारमा मूल्य समायोजन गर्दै आएको छ । यसअघि १८ चैतमा पनि पेट्रोलको भाउ चार रुपैयाँ प्रतिलिटर वृद्धि गरिएको थियो ।

१ हप्ता अगाडि

प्रतिक्रिया