गण्डकी प्रदेशले दियो चैते दशैंमा सार्वजनिक विदा

१ हप्ता अगाडि

काठमाडाैं - गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

चैत शुक्ल अष्टमी अर्थात् चैते दशैं का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित गरेको छ । 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । काठमाडौं उपत्यका देवी मन्दिरहरुमा  पनि आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया