प्रिमियम मूल्यका आइपिओ रोक्न अर्थमन्त्री पुनको निर्देशन, ४ कम्पनीको भविष्य अन्योल

१ हप्ता अगाडि

काठमाडाैं - प्रिमियम मूल्यमा आउन लागेको कम्पनीको सार्वजनिक निष्कासन ( आइपिओ) रोक्नका लागि वर्तमान अर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।
लामो समयदेखि अंकित मूल्यकै सेयर निष्कसानको अनुमति नपाएको अबस्थामा मन्त्रीले पुनले रोकिएका अंकित मूल्यका सेयरलाई अनुमति  स्वीकृतदिन तर, प्रिमियम मूल्यका आइपिओलाई अनुमति नदिनका लागि निर्देशन दिएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले बताए ।

उनले भने,‘ अहिले अंकित मूल्यको पक्रिया पुगेका कम्पनीले स्वीकृतको अनुमति पाउने छन् तर, प्रिमियका आइपिओले अनुमति पाउने संम्भावना छै ।’ अहिले पाइपलाइनमा प्रिमियम मूल्यका चारवटा कम्पनी रहेका छन । हाम्स अस्पतालले १०० अंकित मूल्यमा १८८ रुपैयाँ थपेर प्रिमियम मूल्यमा आउन लागेको छ त्यस्तै, सौर्य सिमेन्टले अंकित मूल्यमा १६४. ५१ रुपैयाँमा आउन लागेको छ ।  मारुती सिमेन्ट २७७ रुपैयाँको प्रिमियम सेयर मूल्यमा आउन लागेको हो ।  जगदब्बा स्टीलल अंकित मूल्यसहित ३००रुपैयाँको प्रिमियमा आउन लागेको धितोपत्र बोर्डले जनाएको छ । 

तत्कालीन बोर्ड अध्यक्ष रमेश कुमार हमालले वित्तीय विवरण कमजोर भएका कम्पनीलाई प्रिमियम मूल्यमा आइपिओ निष्कासनको अनुमति दिएर लगानीकर्ताको लगानीमाथि खेलबाड गरेको संसदीय समिति अन्तगर्तको सार्वजनिक  लेखा समितिले समेत यसलाई तत्काल रोक्नुपर्ने निर्देशन दिएको थियो । कानुनको छिद« प्रयोगगरेर हमालले गैर कानुनी काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागलाई अनुसन्धान गर्नका लागि निर्देशन दिएको थियो । 

१ हप्ता अगाडि

प्रतिक्रिया